सदरलाइनडटकम,
नेपालगञ्ज : नेकपा बाँकेले २६ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा शुक्रवार नेताद्धयको समझना गरेको छ । नेकपा बाँकेको पार्टी कार्यालयमा स्मृति दिवसका अवसरमा भएको नेपालको कम्युनिष्ट आन्दोलनमा मदन–आश्रितको योगदानका विषयमा छलफल कार्यक्रममा नेकपाका केन्द्रीय र जिल्लास्तरीय नेताहरु सहभागी भएका थिए ।
नेकपा बाँकेका सचिव अशोक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता देवराज भार, शान्ति ढकाल, पुजन बिक, प्रेम भुषाल, वेदनिधि प्याकुरेल, रामदाष थारु, डम्बर विक, नरेन्द्र न्यौपाने, निरक गुरुङ, प्रमोद धिताल, बसन्ती अधिकारीलगायतले स्व. मदन र आश्रितको योगदानको चर्चा गरेका थिए ।
