लोपोन्मुखको सुचीमा नपरेको बन्जारा समुदायको गुनासो

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार १८:२३
 

बर्दिया : बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर १ र ३ मा बसोबास गरिरहेका गोआर बन्जारा जाति अझैपनि गरिबिको रेखामुनि पर्दै आएको बताएका छन् । उनिहरुले सामाजिक आर्थिक शैक्षिक लगायत क्षेत्रहरुमा आफु पछि पर्दै गएको महशुस गरेका छन् ।

बर्दियाको गुलरियामा बसोबास गर्दै आएका बन्जारा जाति लोपोन्मुख जातिमा सुचिकृत हुन नसक्दा आफ्नो समुदायको सर्वाङिण विकास हुन नसकेको दुःखेसो पोख्ने गर्दछन् । आफ्नो समुदायमा अधिकान्श व्यक्ति अनपढ रहेको बताउने बन्जाराहरुको आर्थिक संकटले दैनिकि कष्टकर भएको बताउछन् ।

शिक्षा स्वास्थ खानेपानी रोजगारी लगायतका पहुँचबाट आफुहरु टाढा भएको भन्दै समुदायमा भएका सबै युवाहरु भारतका विभिन्न शहरमा गैइ रोजगारी गरि परिवार पाल्ने गरेको स्थानिय हुकुम सिंह बन्जारा बताउनु हुन्छ ।

बर्षौ देखि गोआर बन्जारा जाति बर्दिया जिल्लाको गुलरियामा बस्दै आइरहेका छन् । उनीहरुको आफ्नो मातृभाषा, सामाजिक परम्परा, रितिरिवाज छुट्टै सस्कृति पहिचान, सामाजिक सरचना र इतिहास भएको बताइन्छ ।

गोआर बन्न्जारा जातिलाई राज्यले लोपोन्मुख जातिमा सुचिकृत नगरेको प्रति उनिहरुको दुखेसो रहेको छ । परम्परागत रुपमा गाउँगाउँमा गएर नुन बेच्ने व्यापार व्यवसाय गर्ने गाउने बजाउने एक ठाउँ बाट अर्को ठाउँमा हिडडुल गर्ने बन्जारा जाति अहिले खेति तथा मजदुरि पेशा गरेर बसेका छन् ।


सामाजिक तथा आर्थिक रुपमा पछि परेका उनीहरुलाई लोपोन्मुख जातिमा सुचिकृत गरे राज्यबाट पाउने सेवा सुबिधा पाए आफ्नो समुदाय केहि अगाडि बढ्ने स्थानिय अगुवा बलवन्त सिंह बन्जारा बताउनु हुन्छ ।

आफ्नो जग्गा जमिन नहुदा खेतिपाति गर्न नपाएको भन्दै भारतमा गैइ मजदुरि गर्न परेको उनिहरु बताउछन् । बन्जारा समुदायका महिलाहरु जङ्गलमा गैइ दाउरा संकलन गरि बेचबिखन गर्ने र छोराछोरीको पालनपोषण गर्ने गरेको बताउछन् । महिलाको आर्थिक तथा शैक्षिक क्षेत्रमा पहुँच पुर्याउन थुप्रै कार्यक्रमको आवश्यकता रहेको महिलाहरु बताउँछन् ।

आर्थिक अभावका कारण बालबालिकालाई बिद्यालय पठाउन लुगा कपडा समेत किन्न नसक्ने जस्ता समस्या आफ्नो समुदायमा भएको स्थानिय सुनिता बन्जारा बताउनु हुन्छ ।

गोआर बन्जारा जातिलाई लोपोन्मुख जातिमा समाबेश गराउन पटक पटक उनीहरुले माग गरेका छन् । बन्जारा जातिलाई लोपोन्मुख जातिमा समाबेश नगरेकोमा बन्जारा समुदायका बन्जाराहरुले गुनासो गरेका छन् ।

बर्दियामा करिव ९ सय जति बन्जारा रहेका छन् । उनिहरुको आर्थिक सामाजिक र शैक्षिक स्तर सुधार गर्न तर्फ स्थानिय निकाय र सरोकारवाला निकायको यथाशीघ्र ध्यान पुग्न सके उनिहरुको जिवनस्तरमा थोरै भएपनि सुधार ल्याउन सकिने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साहु समाजद्वारा शहरी विकास मन्त्री नमुनालाई सम्मान

२५ माघ २०८०, बिहीबार १८:२३
नेपालगञ्ज :  लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बाँकेका विभिन्न धार्मिक आस्थाका मठ मन्दीरहरुलाई धार्मिक सर्किटको रुपमा विकास गर्न सके आर्थिक टेवापुग्नुको साथै समाजिक सांस्कृतिक महत्व बढ्ने बताएकी छन् । साहु समाज बाँकेले नेपालगञ्जमा आयोजना गरेको बधाई तथा स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नमूनाले सो कुरा बताएकी […]

सम्बन्धित