जाजरकोट प्रशासनद्वारा अनुगमन, व्यापरीहरुको भागाभाग

२१ आश्विन २०७५, आईतवार १३:२५
 

सदरलाइनडटकम,
जाजरकोट : चाडपर्वका बेला कृतिम अभाव श्रृजना गरी मूल्य बृद्धि गर्ने व्यापरीविरुद्ध प्रशासनले अनुगमन थालेपछि जाजरकोटमा व्यापारीहरूको भागाभाग भएको छ । नेपालीहरुको महान पर्व दशैंको मुखैमा अवैधरुपमा मूल्यबृद्धि गर्ने व्यापरीविरुद्ध जिल्ला प्रशासन कार्यालय जाजरकोटले मुख्य व्यापारिक केन्द्रहरुमा थालेपछि व्यापारीहरुको भागाभाग भएको हो ।
कालोबजारी, म्याद गुज्रेको सामग्री बिक्री गर्दै आएको र अवैध मेडिकल सञ्चालन गरेको सूचनाका आधारमा प्रशासनले बजारको अनुगमन गर्दा व्यापारीहरुबीच खैलाबैला मच्चिएको छ । अवैध मेडिकलमा उपचार गराएका एक व्यक्तिको मृत्यु भएपछि मेडिकलको समेत अनुगमन तीव्र पारिएको प्रशासनले बताएको छ । प्रशासनको टोली गाउँ, गाउँमा अनुगमनमा पुगेपछि अवैध तरिकाले मेडिकल सञ्चालन गरेकाहरू पसल बन्द गरेर भागेका छन् ।
त्यस्तै सार्वजनिक सवारी साधनमा मनपरी भाडा असुल्न थालिएको गुनासो आएपछि यातायातका साधनमा समेत अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उपभोक्ता तथा यात्रु नठगिने वातावरण बनाउन अनुगमन शुरु गरिएको बताए ।

Next Post

योग मार्फत जीवन जिउने कला सिक्दै युवायुवती

२१ आश्विन २०७५, आईतवार १३:२५
सदरलाइनडटकम  नेपालगञ्ज  : बाँके जिल्लाका झन्डै तीन सय जनाले जीवन जिउने कला, योग तथा ध्यानको शिक्षा लिएका छन् । आर्ट अफ लिभिङले आयोजना गरेको ह्याप्पिनेस प्रोग्राम अन्तर्गत सातौं ब्याचका ४४ जनासमेत गरी झन्डै तीन सय बढी युवाले योग तथा ध्यानको शिक्षा लिएका हुन् । गत असारको पहिलो साता यता नियमित […]