सदरलाइनडटकम,
७ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा आगमी माघ ११ गतेदेखि २२ गतेसम्म नेपालगन्ज, कारकांदोस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुने प्रादेशिक महोत्सव–२०७४ मा मोडलहरुले ‘¥याम्प शो’ गर्ने भएका छन् ।
महोत्सव सञ्चालन अवधीभर हरेक दिन ‘स्टेज’मा बिभिन्न समुदायका सांस्कृतिक पोशाकहरु लगाएर मोडलहरुले ‘क्याटवाक’ गर्ने गरि तयारी गरिएको सास्कृतिक उपसमितिका संयोजक तपेन्द्र बिक्रम शाहले जानकारी दिएका छन् ।
संयोजक शाहका अनुसार बिभिन्न मोडलहरु यतिबेला प्रशिक्षणमा व्यस्त रहेका छन् । उनीहरुको क्याटवाकले नेपालगन्जको व्यावसायलाई प्रबद्र्धन गर्न मद्दत मिल्ने विश्वास गरिएको छ ।
सास्कृतिक समुह अन्र्तगत रहेर बिभिन्न कला संस्कृतीहरुलाई उजागर गर्नका लागि नयाँ कार्यक्रम सन्चालन गर्न लागिएको सांस्कृतिक उपसमिति कै अर्का संयोजक श्यामसुन्दर अधिकारीले जानकारी दिए ।
