सदरलाइनडटकम
२७ साउन, नेपालगन्जः नेपालगन्ज इलेक्टिकल एशोसियसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न हुने भएको छ ।
शनिबार विहान ९ बजे नेपालगन्जको ओम कटेज नेपालगन्जमा आयोजना गरिएको सो सम्मेलनको नेपाल विद्युतिय व्यावसायी महासंघका अध्यक्ष तेजनारायण खरेल र नेपालगन्ज उप नगरपालिकाका मेयर धवल शम्शेर राणाले संयुक्त रुपमा गर्ने एशोसियशनका अध्यक्ष बिनोद मैनालीले जानकारी दिए ।
अध्यक्ष मैनालीका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको र सम्मेलनले नेपालगन्ज ईलेक्टिकल एशोसियसनको संगठन तथा व्यावसायिक हितमा विभिन्न निर्णय गर्ने छ ।
