नेपालगञ्जकै दुई युवाले कोहलपुरमा दम्पत्तिको हत्या गरेको खुलासा

सदरलाइन संवाददाता ११ श्रावण २०७९, बुधबार १३:२५
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नं. १४, पार्वतिपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई भारतीय सुटर नभई नेपालगञ्जकै दुई युवाले हत्या गरेको खुलेको छ ।

दाजु विजय र भाउजु रेखाको योजनामा नेपालगञ्ज उपमहानगरपालिका १९ का राजन सोनकर र नेपालगञ्ज उपमहानगरपालिका १८ का सकिल अली शेषले कृष्ण र अञ्जलीको हत्या गरेको खुलेको हो । हत्या आरोपी राजन र सकिल मंगलवार राती हतियारसहित पक्राउ परेका छन् ।

कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित राजन र सकिल पक्राउ परेको बाँके प्रहरीका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । विजय र रेखाले ५० हजार रुपैयाँ दिएर राजन र सकिलमार्फत् भाई कृष्ण र बुहारी अञ्जलीको हत्या गराएको स्वीकारेका छन् ।


विजय र रेखाले शुरुमा भारतीय सुटरलाई एक लाख रुपैयाँ दिएर सुपारी दिए पनि उनीहरूले धोका दिएपछि नेपालगञ्जकै राजन र सकिलमार्फत् हत्या गराएको बताएका छन् । घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई राजन र सकिलले एक गोली पड्काएर तर्साई उनीहरूको घाँटी थिचेर हत्या गरेका थिए ।

राजन र सकिलले हत्या गरेर निस्केपछि विजय र रेखाले भाई कृष्णको नाडी काट्नुका साथै बुहारी अञ्जलीको घाँटीमा डोरी राखिदिएका थिए । प्रहरीले अझै केही कुरा बाँझिएकाले अनुसन्धान भइरहेको बताएको छ । दाई र भाईको मनमुटाव र सम्पत्ति पनि हत्यामा जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार तीन जनामा कोरोना पुष्टि

११ श्रावण २०७९, बुधबार १३:२५
नेपालगञ्ज : बाँकेमा बुधवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १६ जनाको पीसीआर परीक्षण गर्दा २ र जमुनाहा नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५४ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज […]