सहादत मस्जिद गुठी इदगाह करबला व्यवस्थापन समिति गठन

सदरलाइन संवाददाता २३ श्रावण २०७८, शनिबार १७:४०
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १७ स्थित सहादत मस्जिद गुठी इदगाह करबला व्यवस्थापन समिति गठन भएको छ । करिव १६ बर्षपछि मस्जिदले नयाँ कार्यसमिति पाएको हो । समितिको अध्यक्षमा कौसर अलि वेहना चयन भएका छन् ।

यस्तै सज्जन अलि सल्मानी उपाध्यक्ष, मन्सुर अलि दर्जी कोषाध्यक्षमा चयन हुनुभएको छ । मकसुद अलि दर्जी, रज्जब अलि बेहना, गजब्फर अलि दर्जी, रसिद अलि दर्जी, रफिक धोवी, आरिफ बागवान र वडाध्यक्ष अजय कुमार पाठक पदेन सदस्य रहेका छन् ।


१२५ जनाको उपस्थितिमा वडाअध्यक्ष पाठकको रोहवरमा नयाँ कार्यसमिति चयन भएको हो । निजामुद्दिन इद्रिशीले मस्जिद व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह नगरेपछि उनलाई समितिबाट विस्थापित गरेर नयाँ नेतृत्व चयन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसईईको नतिजा प्रकाशित

२३ श्रावण २०७८, शनिबार १७:४०
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण प्रभावित माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा प्रकाशन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा शनिवार सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी नतिजा प्रकाशन गरेको […]