बाँकेसहित पश्चिम तराईमा चिसो ह्वात्तै बढ्यो

सदरलाइन संवाददाता ७ पुष २०७९, बिहीबार १३:४६
 

नेपालगञ्ज : केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले बाँकेसहित तराईमा चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा चिसो बढेको छ ।

कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकस भइरहेको छ । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ । सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोका कारण सेवाग्रहीहरु पातलिएका छन् । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् ।

साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन् । चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् । बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्गको यातायात पनि प्रभावित भएको छ ।


कठ्याग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्नाले सवारी साधानको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुड्न बाध्य छन् ।

बाक्लो कुहिरोका कारण यातायातका साधनहरु दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक कार्यालयले अनुरोध गरेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयले पनि चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विषेश ध्यान दिन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा सांसदको सपथ मध्य पुससम्म गर्ने तयारी

७ पुष २०७९, बिहीबार १३:४६
दाङ : लुम्बिनी प्रदेशमा नव निर्वाचित सांसदहरुको सपथ मध्य पुससम्म गराउने तयारी गरिएको छ । मध्य पुससम्म नयाँ सांसदको सपथ गराइ सक्ने गरि तयारी भइसकेको आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले जानकारी दिए । निर्वाचन आयोगले प्रदेश प्रमुखलाई दिएको जानकारीका आधारमा २० दिन भित्र सपथ र ३० दिन भित्र […]