सेवाग्राहीसँग १५ हजार घुस लिने लेखापाल विरुद्ध भ्रष्ट्राचारको मुद्दा

सदरलाइन संवाददाता १९ चैत्र २०८०, सोमबार १९:०७
 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपियाँ घुस लिएको भन्दै उनिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।


निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरी लिएको पुष्टि भएको आयोगले बताएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भए बमोजिम जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहिवार विश्वासको मत लिदै

१९ चैत्र २०८०, सोमबार १९:०७
  दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी चैत २२ गते विश्वासको मत लिने भएका छन् । नयाँ सत्ता समिकरणको कारण माओवादी केन्द्रले सरकार छाडेपछि उनले दोस्रोपटक विश्वासको मत लिन थालेका हुन । मंगलबार विहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहिवार दिउँसो ४ बजे प्रदेश सभाको बिशेष अधिवेसन […]