बर्तमान सत्ता गठबन्धन प्रगतिशील र अग्रगामी हो : पूर्व सभामुख सापकोटा

सदरलाइन संवाददाता २४ फाल्गुन २०८०, बिहीबार १८:२४
 

कोहलपुर (बाँके) : पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष एवम पार्टी प्रचार विभाग प्रमुख अग्नीप्रसाद सापकोटाले बर्तमान सत्ता गठबन्धन प्रगतिशील र अग्रगामी गठबन्धन भएको ठोकुवा गरेका छन् ।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको आयोजनामा आजदेखि बाँकेको कोहलपुरमा सुरु भएको दुईदिने लुम्बिनी प्रदेशस्तरिय मिडिया सम्मेलनको उद्घाटन गर्दै सो कुराको ठोेकुवा गरेका हुन ।

उनले वर्तमान गठबन्धनको सरकार आर्थिक सम्बृद्धि विकासको लागि निर्माण भएको जिकिर गर्दै नेपाली काँग्रेस महासमिति बैठकमै धर्मनिरपेक्षताको पक्षमा टेबुलै राखेर हस्ताक्षर संकलन गर्ने कार्य माओवादी केन्द्रको स्थायी समितिले समेत गम्भीर रुपमा लिदै सत्ता गठबन्धन फेरिएको बताए ।


उनले बर्तमान गठबन्धनको सकरकार बैचारिक, राजनीतिक, प्रगतिशिल पुनरगठनसंगैबृहद बामपन्थी एकीकरणतर्फ उन्मुख रहेको बताए । पूर्व सभामुख समेत रहनुभएका माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले नेपालको संसद लोकतन्त्र र सुशासनको आत्मा भएको उल्लेख गर्दै यहाँ बैचारिक छलफल गरिनु पर्नेमा पछिल्लो समय यहाँ व्यक्त हुने शब्दमा ख्याल गर्दै संसदको मर्यादा कायाम राख्न सुझाव दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारले जनताप्रति उत्तरदायि हुने गरी आफ्नो सञ्चारकर्म गर्नुपर्ने बताए । उनले पत्रकारितामा देखिएका विसंगति र बेथितिलाई सम्बोधन गर्नको लागि शुद्धिकरण अभियान थालिएको स्पष्ट पारे ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका करिव १ सय ५० जना पत्रकार सहभागि रहेको सो कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, पत्रकर महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारीलगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भगवान शिवको आराधना गरी महाशिवरात्रि पर्व मनाईंदै

२४ फाल्गुन २०८०, बिहीबार १८:२४
नेपालगञ्ज : महाशिवरात्रि पर्व शुक्रवार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने […]