मध्यपश्चिम विश्वविद्यालय सुर्खेतद्वारा नेपालगन्ज र गुलरियामा अन्तरक्रिया

७ भाद्र २०७३, मंगलवार १२:१२
 

सदरलाइनडटकम,  
७ भदौ नेपालगन्ज : मध्यपश्चिम विश्व विद्यालय सुर्खेतको व्यवस्थापन विभागले नेपालगन्ज र गुलरियामा आफ्नो गतिविधिका बारेमा विद्यालर्थी तथा सरोकारवाला संग छलफल तथा अन्तरक्रिया गरेको छ ।IMG_8730नेपालगन्जको सिटि कलेज अफ म्यानेजमेन्टमा आयोजित अन्तरक्रियामा मध्यपश्चिम विश्वविद्यालयका व्यवस्थापन विभागका डिन डा. मस्तबहादुर गरञ्जाले आफ्नो विश्व विद्यालयले अत्यन्तै न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन सक्षम रहेको जानकारी दिए ।
उनले भने–‘विश्व विद्यालयले अत्यन्तै न्यून शुल्कमा सबैले गुणस्तरीय शिक्षा पाउने गरी पाठ्यक्रम डिजाईन गरी लागू गरेको छ ।’ उनले विविए र एमविएको लागि काठमाण्डौ तथा अनेत्र जान नपर्ने गरी गुणस्तरीय शिक्षा दिदै आएको दावी गरे ।  उनले विश्व विद्यालयले हाल व्यवस्थापन, मानविकि, ईञ्जिनियरिङ्ग, विज्ञान, शिक्षाको साथै निकट भविश्य मै कानून र मेडिकल साईन्सको कक्षा सञ्चालनको तयारीमा रहेको जानकारी दिए । उनले भने–‘अहिलेको समयको माग अनुसारको गुणस्तरिय शिक्षाका लागि पाठ्यक्रम लागू गरेका छौ । हाम्रो लक्ष गुणस्तरीय र सर्वसुलभ शिक्षा दिनु हो जुन हामी प्रयासरत छौ ।’


dr Garanja
उनले सो अवसरमा उपस्थित विद्यार्थीहरुसंग आफ्नो आगामी शैक्षिक योजनाका विषयमा छलफल गरेका थिए । विश्वविद्यालयका व्यवस्थापन समूह विविए र एमविए कार्यक्रमका निर्देशक नारायण पौडेलले विश्वविद्यालयले आफ्नो गुणस्तरियताको लागि समय–समयमा विभिन्न नाम चलेका विदेशी विश्वविद्यालयबाट अतिथि प्रोफेसरबाट कक्षा लिने तथा फ्याकेल्टी एक्सचेन्ज अन्तरगत विद्यार्थीहरुलाई समेत पठाउने वा बोलाउने विधि अपनाईएको जानकारी दिए ।IMG_8742
उनले एक पटक आफ्नो विश्वविद्यालयको भ्रमण गरी त्यहाँको शैक्षिक बाताबरणका बारेमा बुझ्नको विश्व विद्यालयको तर्फबाट सबैलाई निम्तो समेत दिदै भने–‘म यहाँहरु सबैलाई सुर्खेतमा रहेको विश्वविद्यालयमा एक पटक आईदिनको लागि निम्तो समेत दिन चाहान्छु । एक पटक आईदिनुहोस ।’
सिटी कलेज आफ म्यानेजमेन्ट सञ्चालक समितिका अध्यक्ष डा. कैशल कुमार बर्माले विश्व विद्यालयले समबन्धनको लागि खुकुलो नीति बनाए आफुहरु केही विषयका कक्षा सञ्चालनको लागि तयार रहेको बताएका थिए । यसैगरी सोही टिमले बर्दियाको गुलरियामा समेत विभिन्न पक्ष संग भेटेर विश्वविद्यालयको सेवाको बारेमा छलफल चलाएको डिन डा. गरञ्जाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सारँगी र मादलको प्रचार गर्न विश्व यात्रामा निस्कँदै गन्र्धवद्धय सुशील र हेमराज : ‘विश्वको ईतिहासमै पहिलोपटक जहाजभित्र सारङ्गी बज्यो’

७ भाद्र २०७३, मंगलवार १२:१२
सदरलाइनडटकम ७ भदौ, काठमाडौं, : सारँगी र मादलको प्रचारप्रसार गर्नको लागि बाध्यवाधक सुशील गन्धर्व र हेमराज गन्धर्व विश्व यात्रामा निस्कने भएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपाली कला, संस्कृति, लोकसँगीत, लोक बाजालाई अन्र्तराष्ट्रियकरण र संरक्षण तथा प्रचारप्रसार गर्नको लागि आफूहरु विश्वयात्रामा होमिन लागेको जनाएका हुन् […]