लागुऔषधसहित कैलालीमा २ जना पक्राउ

सदरलाइन संवाददाता १६ जेष्ठ २०७९, सोमबार १७:२५
 

कैलाली : कैलालीमा छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, धनगढी उप–महानगरपालिका १३ बस्ने ३४ वर्षिय शेर सिंह धामी र दार्चुला अपिहिमाल गाउपालीका वडा नम्बर ३ घर भई जिल्ला कैलाली गोदावरी नगरपालीका वडा नम्बर ५ गेटास्थित डेरा कोठा गरी बस्ने बर्ष ३६ को डम्बर कार्की रहेका छन् ।

धामीका साथबाट लागुऔषध खैरो हिरोईन ३ ग्राम १८० मिलिग्राम र कार्कीको साथबाट ६५० ग्राम ३०० मिलिग्राम चरेश फेलापारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


दुबै जनामाथि थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खराब मौसमका कारण जहाज दुर्घटना भएको निश्कर्ष

१६ जेष्ठ २०७९, सोमबार १७:२५
नेपालगञ्ज : आइतवार मुस्ताङको थासाङ २ स्थित सानो सरेमा तारा एयरको जहाज दुर्घटनामा पर्नुको कारण खराब मौसम रहेको खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको सोमवारको बैठकमा दुर्घनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै […]

सम्बन्धित