लुम्बिनीमा सांसदको सपथ मध्य पुससम्म गर्ने तयारी

सदरलाइन संवाददाता ७ पुष २०७९, बिहीबार १३:५६
 

दाङ : लुम्बिनी प्रदेशमा नव निर्वाचित सांसदहरुको सपथ मध्य पुससम्म गराउने तयारी गरिएको छ । मध्य पुससम्म नयाँ सांसदको सपथ गराइ सक्ने गरि तयारी भइसकेको आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई दिएको जानकारीका आधारमा २० दिन भित्र सपथ र ३० दिन भित्र नयाँ सरकार गठन गरिसक्नु पर्ने प्राबधान रहेको हुँदा सोही अनुरुप तयारी भइरहेको उनले बताए ।

पुस १५ गतेदेखि ढिलोमा १९ गते भित्र नयाँ सांसदको सपथ गराइ सक्ने योजनाका साथ तयारी गरिएको उनले जानकारी दिए । प्रदेशसभाको पहिलो बैठकले प्रदेश प्रमुख अमिक शेरचनलाई नयाँ सरकार गठनको लागि अनुरोध गर्ने छ । त्यसपछि उनले निश्चित समय तोकेर दलहरुलाई सरकार गठनका लागि आह्वान गर्ने छन् ।

मंसिर २८ गते दाङको देउखुरीमा राजधानी औपचारिक रुपमा कार्यान्वयमा आएको थियो । सोही दिन दाङमा बसेको पहिलो मन्त्री परिषदको बैठकले पुस ८ गते भित्र सबै मन्त्रालयहरु बुटवलबाट स्थान्तरण गरि सक्न निर्देशन दिएको थियो ।


स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजीत थारुले सबै मन्त्रालयहरुले आफ्नो भवन रोजेर बोर्डपनि टाँगी सकेको जानकारी दिए । अब भवन रङरोगन र सामान ल्याउने तथा मिलाउने मात्रै काम क्रमिक रुपमा भइ रहेको उनले बताए ।

अब बुटवलबाट साना मन्त्रालयहरु मात्रै स्थान्तरण हुन बाँकी छ । जसमा उद्योग, श्रम, महिला मन्त्रालय लगाएत रहेका छन् । दाङको क्षेत्र नं. १ ९१० बाट निर्वाचित मन्त्री थारुले पुस २० गते भित्र नयाँ सांसदसहितको पहिलो बैठक बसी सक्ने र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई आग्रह गरिने जानकारी दिए ।

मतदान मार्फत २०७७ साल असोज २० गतेको बहुमत प्रदेशसभा सदस्यले स्थायी राजधानी दाङ सार्ने निर्णयको पक्षमा मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुस्सुका कारण बाँकेमा पल्टियो मालबाहक ट्रक

७ पुष २०७९, बिहीबार १३:५६
नेपालगञ्ज : पुर्ब पश्चिम राजमार्ग अन्तरगत बनकटवाको गडरहि चोकमा एउटा मालबाहक ट्रक पल्टिएको छ । बिहीवार बिहान ३ बजे बाँकेको बैजनाथ गाउपालिका वडा नंं ६ स्थित गडरहि चोक नजिक पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको रा १ ख २२५६ नम्बरको ट्रक पल्टिएको अबस्थामा भेटिएको हो । दुर्घटनाबाट कुनै मानबिय क्षति नभएपनि दुर्घटनाको […]

ताजा अपडेट