६६ औं अन्तराष्ट्रिय भन्सार दिवस मनाईयो

१२ माघ २०७४, शुक्रबार १७:५८
 

सदरलाइनडटकम
१२ माघ, नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले ६६ औं अन्तराष्ट्रिय भन्सार दिवस विभिन्न साता व्यापीरुपमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
आर्थिक विकासका लागि सुरक्षित व्यावसायिक बाताबरण भन्ने मुल नाराका साथ मनाईएको सो दिवसको अवसरमा व्याटमिन्टन प्रतियोगिता, सरसफाईलगायतका गतिविधि सञ्चालन गरिएको थियो ।
नेपालगन्ज भन्सार कार्यालयले अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले राजस्वका दायरा बढाउनको लागि भन्सार सेवालाई समयको माग अनुसार बैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको औल्याए ।


उनले राज्य कोषको करिव ४५ प्रतिशत रकम भन्सार महशुलबाटै परिपूर्ती हुने भएकोले पैठारी गरेर भन्सार राजस्व उठाउनु भन्दा पनि निकासीमा जोड दिन सके मुलुकको आर्थिक मेरुदण्ड अझ बलियो हुने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यले स्पष्ट भन्सार नीति बनाउन नसक्दा व्यावसायीहरु मर्कामा परेको बताए । उनले कृषि उपकरणमा राज्यले छुट दिने भनेपनि व्यवहारमा लागू हुन नसकेको बताए ।



नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० अर्वको पैठारी हुँदा ८६ करोडको मात्र निकासी गरेको जानकारी दिए । उनले निर्यात भन्दा आयातमा अत्यन्त बढी भएको बताए ।
सो अवसरमा अधिक निर्यात गर्ने गंगा रोजिन एण्ड टर्पेनटाईन ईण्डस्ट्रिज प्रालि, सिजि बायोटेक प्रालि र बंगलामुखी रोजिन एण्ड टर्पेनटाईनलाई अधिक निर्यात गर्न सफल व्यावसायिक फर्म भनेर सम्मान गरिएको छ । यसैगरी बर्षा रिसाईक्लिन ईण्डस्ट्रिज प्रालि, नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्ज र सौरभ अटोमोवाईल्स प्रालिलाई अघिक आयात गर्ने व्यावसायीक फर्मको रुपमा सम्मान गरिएको थियो ।


यसैगरी सो दिवसका अवसरमा आयोजित व्यटमिन्टन प्रतियोगितामा विजयी कर्मचारी तथा भन्सार सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरीका कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो भने नेपालगन्ज कार्यालयमा वर्ष भरीमा उत्कृष्ठ काम गर्ने कर्मचारीको रुपमा सो कार्यालयका कार्यालय सहयोगी नेत्रबहादुर गुरुङ्गलाई समेत सम्मान गरिएको थियो ।
सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्य, लगायतले दिवसको सान्र्दकिता बारे आफ्नो भनाई राखेका थिए ।     

Next Post

पाँचौ प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता फागुन ३ देखि नेपालगन्जमा

१२ माघ २०७४, शुक्रबार १७:५८
सदरलाइनडटकम  १२ माघ, नेपालगन्ज :‘सिमामा सद्भाव’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप भलिवल प्रतियोगिताको पाँचौ श्रृंखला फागुन ३ देखि ७ गतेसम्म हुने भएको छ । जिल्ला भलिबल संघको आयोजनामा हुन लागेको यो प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरि ७ टिमले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनको आयोजना […]