जिविकोपार्जन सुधारका लागि कुखुरापालन तालिम

सदरलाइन संवाददाता १८ मंसिर २०७९, आईतवार १५:२१
 

नेपालगञ्ज : ‘एक दिन होइन हरेक दिन अण्डा र मासु भान्छाको सान सर्वोत्तम प्रोटिन स्वस्थ जीवन’ भन्ने अभियानसँगै जिविकोपार्जन सुधार खाद्य सुरक्षा तथा गरीबी निवारण कार्यक्रम अन्तर्गतका किसानहरुलाई कुखुरा पालन तालिम संचालन गरिएको छ ।

कुखुरा बिकास फार्म खजुरा बाँकेको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर १३ मा रहेका आर्थिक रुपमा कमजोर रहेका बिपन्न वर्गका २० जना महिलाहरुलाई कुखुरा पालन तालिम आयोजना गरिएको कुखुरा बिकास फार्म खजुराका फार्म प्रबन्धक डाक्टर शंकर न्यौनानेले जानकारी दिएका छन् ।

तालिमको उदेश्य बारे प्रष्ट पार्दै डाक्टर न्यौपानेले विशेष गरेर सुदुरपश्चिम् र कर्णाली प्रदेशका जिल्लाहरुमा खाद्यन्न र पोषणको एकदमै अभाव हुने भएको हुँदा त्यहाँको अभावलाई केही न्यून गर्न सकियोस भनेर जिविको पार्जनसङ्ग जोड्दै कार्यक्रम संचालन गरिएको डाक्टर शंकर न्यौपानेले जानकारी गराएका छन् ।


उनले कोहलपुर नगरपालिका वडा नम्बर १३ मा आर्थिक अवस्थामा पछि परेको समुदायका महिला दिदिबहिनी र दाजुभाईहरुलाई कुखुरा पालन र अण्डा उत्पादनमा प्रेरित गर्दै यो तलिमको संचालन गरीएको बताएका छन् ।

तालिममा सहभागिहरुलाई प्रशिक्षक डाक्टर शंकर न्यौपाने र कर्मध्वज छत्याल र राजबहादुर बोगटिले प्रशिक्षण दिने वडा सदस्य गोमा खनालले जानकारी दिएकी छिन् । १८ र १९ गते हुने दुई दिने तालिम पछि कुखुरा बितरण गरीने वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेना ईम्प्यानल्ड स्कुल्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु

१८ मंसिर २०७९, आईतवार १५:२१
  नेपालगञ्ज :  नेपाली सेनाले नागरिकसंगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाली सेना ईम्प्यानल्ड स्कुल्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता तथा नेपाली सेना सम्बन्धी प्रदर्शनी नेपालगञ्जमा सुरु भएको छ । नेपाली सेनाको बज्रदल गण राँझाले आयोजना गरेको सो कर्याक्रममा बाँके र बर्दियाका १० विद्यालय सहभागि रहेका छन । नेपाली सेनाको बज्रदल गण […]