नेपाली सेना ईम्प्यानल्ड स्कुल्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु

सदरलाइन संवाददाता १८ मंसिर २०७९, आईतवार १८:०५
 

 

नेपालगञ्ज :  नेपाली सेनाले नागरिकसंगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाली सेना ईम्प्यानल्ड स्कुल्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता तथा नेपाली सेना सम्बन्धी प्रदर्शनी नेपालगञ्जमा सुरु भएको छ ।

नेपाली सेनाको बज्रदल गण राँझाले आयोजना गरेको सो कर्याक्रममा बाँके र बर्दियाका १० विद्यालय सहभागि रहेका छन । नेपाली सेनाको बज्रदल गण राँझाको आफ्नै खेल मैदानमा सो कार्यक्रमको उद्घाटन नेपाली सेनाको चार बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्टको प्रमुख आतिथ्य तथा नेपाली सेनाको राँझा स्थित अस्पतालका प्रमुख प्राविधिक सहायक रथी डा. नम्रता रावलको विषेश उपस्थितिमा सम्पन्न भएको थियो ।

सो अवसरमा नेपाली सेना ईम्प्यानल्ड स्कुल्स रनिङ्ग शिल्डमा सहभागि हुने विद्यालयका प्रतिनिधि तथा प्याब्सन बाँकेका अध्यक्ष यामबहादुर रावत, कार्यक्रमलाई विद्यालयको तर्फबाट व्यवस्थापन गर्दै आउनु भएका किसन गुरुङ्ग, लगायत विभिन्न दर्जाका सेनाका अधिकारी तथा जवानहरुको उपस्थिति रहेको बज्रदलका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेलले जानकारी दिए ।


सो रनिङ्ग शिल्डको उद्घाटनमा भएको खेलमा कोहलपुर बागेश्वरी ईमि स्कुल विजयी भएको छ । कोहलपुर बागेश्वरी ईमि स्कुल र नमुना विद्यासदन बीचको खेल गोलरहित सकिएपछि ट्राई बेकरमा निर्णायक भएको थियो कोहलपुर बागेश्वरी ईमि स्कुलले ट्राईबेकरमा ४–३ ले पछि पार्दै विजयी भएको थियो ।

यसअघि आयोजक नेपाली सोनाका अधिृकत र विद्यालयका शिक्षक तथा संस्थापकबीच मैत्रीपूर्ण खेल भएको थियो सो खेलमा नेपाली सेनाले ४–०ले जीत निकालेको थियो ।

मंसिर २० गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा १० विद्यालयका खेलाडिले फुटबल खेल्ने छन भने २० गते फाइनल खेल संगै नेपाली सेना संबन्धित जानकारी दिने विभिन्न विषयको प्रदर्शनी समेत आयोजना गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै बागेश्वरीलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरीने

१८ मंसिर २०७९, आईतवार १८:०५
नरैनापुर (बाँके) :  बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरीलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरीने गरी अध्ययन तयारी सुरु गरिने भएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नव निर्वाचित सुर्य ढकाल र समानुपातिक तर्फका […]

सम्बन्धित