सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा सोमवार थप ३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज आइसोलेशनबाट प्युठान मल्लरानी घर भएका आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा कार्यरत २९ वर्षीय पुरुष डिस्चार्ज भएका छन् । उनी नायब सुब्बा हुन् ।
यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट राप्तीसोनारी ८ का ४९ वर्षीय पुरुष र आदर्शनगर आइसोलेशन नेपालगञ्जबाट राप्तीसोनारी ८ कै २४ वर्षीय पुरुष निको भएर डिस्चार्ज भएका हुन् । उनीहरु दुबै क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन् ।
योसंगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ४ सय ५ पुगेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ९ जना र बाहिरी जिल्लाका ४ गरी २ सय १३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
बाँकेमा हालसम्म ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जनाको मृत्युु भएको छ ।
Next Post
भारतमा एकै परिवारका ११ जनाको शव फेला
२६ श्रावण २०७७, सोमबार १३:५५
सम्बन्धित
-
१६ भाद्र २०७८, बुधबार १६:१८
नेपालगञ्जबाट गएका युवक सल्यानमा पेस्तोलसहित पक्राउ
-
१ मंसिर २०७५, शनिबार १७:१९
डुडुवामा ‘समुदाय प्रहरी पालिका समिति’ गठन
-
११ कार्तिक २०७६, सोमबार १४:५९
‘पन्ध्र मिनेटको अप्रेशनमा मर्यो बग्दादी’
-
२८ भाद्र २०७८, सोमबार १३:४४
सुपथ मूल्य पसल असोज १ देखि सञ्चालन गर्ने तयारी
-
११ जेष्ठ २०७८, मंगलवार १९:४८
कोरोना महामारीको निवारण र स्वच्छपर्यावरणका लागि आर्य समाजद्वारा महायज्ञ तथा नगरयात्रा
-
२१ कार्तिक २०८०, मंगलवार १३:३१
कोहलपुर चौराहको ५०० मिटर वरपर गाडी रोक्न नपाईने