नेपालगञ्ज उपमहानगरको स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति समीक्षा सम्पन्न

सदरलाइन संवाददाता १३ भाद्र २०८१, बिहीबार १९:२९
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा आर्थिक बर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेकोे सो बार्षिक प्रगति समीक्षा गोष्ठी दुई दिनसम्म सञ्चालन भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य संस्थाहरुको कार्य प्रगति विवरण प्रस्तुत गरि गोष्ठीबाट कार्यप्रगति र प्रस्तुतिकरणका आधारमा १३ नं. वडामा सञ्चालनमा रहेका स्वास्थ्य संस्था उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

उनले महाशाखाले गरेका कार्यहरुको प्रगति विवरण, चुनौती र समस्या समाधानका विषयमा प्रस्तुतिकरण गर्दै मातृ शिशु मृत्युदर, बढ्दै गरेको नसर्ने रोग, केही वडामा कमजोर खोप कभरेज लगायत चुनौती रहेको भन्दै चन्दले उपमहानगरपालिकाले सञ्चालन गरेका केही कामहरु प्रभावकारी देखिएको बताए ।


उनले उपमहानगरे सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा, अस्पताल जन्य फोहोर व्यवस्थापन, अन्धोपन निवारणका लागि मोतियाविन्दुको निःशुल्क अपरेशन लगायतका कामहरुको राम्रो प्रभाव देखिएको बताए ।

समीक्षा गोष्ठीको सहयोगीको रुपमा रहेको जिआइजेडका लुम्बिनी प्रदेश संयोजक सुवास नेपालले सहजीकरण गरेको छलफलमा नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले स्वास्थ्य क्षेत्रमा भइरहेको काम, चुनौति र सम्भावनासंगै सहभागीका जिज्ञासाको जवाफ समेत दिएका थिए ।

जनस्वास्थ्य निरीक्षक राजन शाहीले सञ्चालन गरेको गोष्ठीमा नगरका सबै स्वास्थ्य संस्थाले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरेका छौँ : मन्त्री गुरुङ

१३ भाद्र २०८१, बिहीबार १९:२९
काठमाडौँ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन् । राष्ट्रिय समाचार समितिसँग आज गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राखेका हुन । […]