नेकपा माओवादी केन्द्र बाँकेको पुर्ण बैठक शुरु

सदरलाइन संवाददाता २१ फाल्गुन २०७९, आईतवार १४:४६
 

नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिती बाँकेको पुर्ण बैठक नेपालगञ्जमा शुरु भएको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, माओवादी केन्द्रका स्थाई समिती सदस्यद्धय महेश्वर जंग गहतराज अथक, पुर्णा कुमारी सुबेदी, माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल लगायत नेताहरुको सहभागिता रहेको जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।


बैठकमा पार्टीले तय गरेको दुई महिने संगठन सुद्धिढिकरण अभियानको जिल्लाको योजना, बिभिन्न बिभागहरु गठन, भौगोलिक कार्य बिभाजन लगायतका निर्णय गरिने जिल्ला सचिव डिल्ली बरालले जानकारी दिए । संघ तथा प्रदेशसभा निर्वाचन पछि पहिलो पटक बस्न लागेको बैठकमा निर्वाचनको समिक्षा समेत गरिने एक नेताले जानकारी दिए ।

सरकारको नेतृत्व गरि रहेको माओवादीको बैठकले बाँकेको समग्र बिकासका योजना तयार गरि त्यसका लागि ठोस पहल समेत गरिने जिल्ला अध्यक्ष जेम्सले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न

२१ फाल्गुन २०७९, आईतवार १४:४६
सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले आर्थिक वर्ष २०७१/२०७२ बाट निर्माण शुरु गरेकोमा हालसम्म ६० प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति भएको छ । नेपालमा पहिलो पटक टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार […]

ताजा अपडेट