बाँकेका थप दश जनामा कोरोना पुष्टि

६ भाद्र २०७७, शनिबार १६:३१
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप १० जनासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज, कोहलपुर, जानकी र बर्दियाका गरी ११ जनामा संक्रमण पुष्टि भएको ।


जसमध्ये सबैभन्दा धेरै कोहलपुरका ५ जना रहेका छने भने नेपालगञ्जका ३ र जानकी गाउँपालिकाका २ जना रहेका छन् । यस्तै बर्दिया मधुवनका ५२ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

बाँकेमा फेरी थपिए तीन संक्रमित

६ भाद्र २०७७, शनिबार १६:३१
नेपालगञ्ज : बाँकेमा पुनः ३ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगञ्जस्थित बागेश्वरी डायग्नोस्टिक ल्याबमा शनिवार गरिएको कोरोना परीक्षणमा बाँकेमा ३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट