२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

हुस्सुका कारण बाँकेमा पल्टियो मालबाहक ट्रक



नेपालगञ्ज : पुर्ब पश्चिम राजमार्ग अन्तरगत बनकटवाको गडरहि चोकमा एउटा मालबाहक ट्रक पल्टिएको छ ।

बिहीवार बिहान ३ बजे बाँकेको बैजनाथ गाउपालिका वडा नंं ६ स्थित गडरहि चोक नजिक पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको रा १ ख २२५६ नम्बरको ट्रक पल्टिएको अबस्थामा भेटिएको हो । दुर्घटनाबाट कुनै मानबिय क्षति नभएपनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

बाँकेमा बिहीवार बिहानैदेखि हुस्सु लागेको र भिजिबिलिटि समेत अत्यन्त न्युन रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मालबाहक ट्रकमा कतिजना सवार थिए र उक्त ट्रकमा के कति माल सामान रहेको बारे केहि खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुस ७ गते बिहीबार
ताजा समाचार