Sadarline
२०८३ असोज २९ , बिहीबार

नेपालगञ्जका स्वास्थ्य संस्थामा उपप्रमुखको छड्के



 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले नगरमा संचालनमा रहेका केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेका छन् ।

नगर उपप्रमुख राईको नेतृत्वमा नेपालगञ्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको स्वकीय सचिब अरविन्द शर्माले जानकारी दिए ।

वडा नम्बर १६ का जयसपुर आयुर्वेद औषधालयका कर्मचारी बिन्देश्वर शाह एक हप्तादेखि कार्यालयमा नभई गयल देखिएको भेटिएको छ । शाह बिना जानकारी गयल देखिएको अनुगमन टोलीले फेला पारेको हो ।

उपप्रमुख राईले स्वास्थ्य सेवालाई प्रभावकारी र बिरामीमैत्री बनाउन निर्देशन दिदै कार्यालय समयमा नभेटिने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिएका छन ।

प्रकाशित मिति : २०७९ मंसिर १९ गते सोमबार
ताजा समाचार