२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

वार्षिकोत्सवमा गरिमा विकास बैंकको रक्तदान



नेपालगञ्ज : गरिमा विकास बैंकले १६ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कोहलपुरस्थित बैंकको कार्यालयमा खुला रक्तदान कार्यक्रम गरिएको हो ।

बैंक १५ वर्ष पुरा भएर १६ वर्षमा प्रवेश गरेकोे अवसरमा गरिएको रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, सेवाग्राही, सर्वसाधारण लगायतले सहभागिता रहेको थियो ।

बुधबार बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको कोहलपुर शाखाका शाखा प्रबन्धक शक्तिसिहं कर्माचार्यले जानकारी दिए ।

गरिमा विकास बैंकका सेवाग्राही एवंं रक्तदान कार्यक्रममा सहभागी कुशर शाहले गरिमा विकास बैकं बैकिंङ सेवामा पनि उत्कृष्ट र परोपकारमा पनि उत्कृष्ट भएकाले बैकं प्रति थप विश्वास जागृत भएको बताए ।

बैंकले हरेक वार्षिक उत्सवलाई महत्वका साथ मनाउँदै आएको छ । राष्ट्रीय स्तरको उक्त विकास बैकंले हाल १ सय २० शाखा, ५१ एटिएम र २ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार
ताजा समाचार