२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

दशैमा स्थापना गरिएका देवीका मूर्ती झरीमै भिजेरै विर्षजन



नेपालगञ्ज : दुई दिनदेखि अबिरल वर्षातको कारण बाँकेमा बडा दशैका लागि स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती वर्षातको प्रवाह नगरी पानीमा भिजेरै विर्षजन ढिलो गरी राप्तीनदी तथा मानखोलामा गरिएको छ ।

बाँकेको कम्दी घाटमा रहेको राप्तीनदीको पुल मुनी दशैमा स्थापना गरिएका करिव हजार बढी मुर्ती बिर्शजन गरिएको छ । कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएको यस्ता मुर्ती मानखोलामा विषर्जन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बर्षातको कारण नदीमा आएको बाढीको बिचमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मूर्ती विर्षजनमा कुनै पनि अबरोध तथा अपृय घटना हुन नदिन पूर्ण तयारीका साथ टोली तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहनु भएको प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

यसैबीच बर्षातको कारण बुधबार स्थगित गरिएको राबण बध कार्यक्रम बिहीबार साँझ विधिवत तरिकाले सम्पन्न गरि बध गरिएको रामलिला सञ्चालक समिति बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहीबार
ताजा समाचार