कन्या माध्यमिक विद्यालयका छात्राहरूलाई निःशुल्क कराँते तालिम

सदरलाइन संवाददाता १० आश्विन २०७९, सोमबार १३:४८
 

नेपालगञ्ज : नेपालगञ्जको सल्यानी बागमा रहेको कन्या माध्यमिक विद्यालयका छात्राहरूको शारीरिक विकास र आत्मसुरक्षाका लागि १ महिने निःशुल्क कराँते तालिम एक प्रदान गरिने भएको छ । तालिमको उदघाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले यस्ता तालिमले समाजमा किशोरीमाथि भइरहेको घटनालाई रोक्न मदतका साथै स्वास्थ्य तन्दुरूस्ती राख्नाका लागि सहयोग पुर्याउने बताए ।

पुनका अनुसार ‘देशमा विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो’ पुनकोे भनाइ थियो ।

तालिम मार्फत बच्चाहरुलाई आत्मरक्षा गर्ने कलासँगै आत्मबल बढ्ने उनको अपेक्षा छ । ‘घटना नघटुन्, बच्चाहरुलाई आक्रमण गर्न नसकुन् भनेर वडाले सर्पोट गरेको हो’ उनले थपे । निःशुल्क तालिममा झण्डै ३० जना सहभागिता रहेको छ ।


नेपालगञ्जको कन्या माध्यमिक विद्यालय सल्यानी बाग र गौस्या मावि विद्यार्थीलाई लक्षित गरि निःशुल्क तालिम शुरु गरिएको छ । सरकारी स्कुललाई लक्षित तालिम शुरु गरिएको हो । तालिममा सहभागी कन्या माध्यमिक विद्यालयमा कक्षा ९मा अध्यनरत माहिरा हलुवाईले किशोरी तालिम पश्चात आफुहरुमा आत्मबल बढ्ने निःशुल्क रुपमा सिक्न पाउँदा खुशी लागेको छ आत्मरक्षा गर्ने सिप प्रदान गर्नेमा आशावादी छु ।

तालिम लिएपछि आफैलाई फाइदा हुने बताइन् । उनले निःशुल्करुपमा सिक्न पाउनले अवसर दिने वडा नम्बर ४ का वडा अध्यक्षलाई धन्यवाद तथा आभार प्रकट गरिन् ।

छात्राहरूको शारीरिक विकास र आत्मसुरक्षाका लागि १ महिने निःशुल्क कराँते तालिम उदघाटन कार्यक्रम वडा अध्यक्ष गोपाल पुन, अभिभावक संघका अध्यक्ष रहिस हलुवाइ, विद्यालय व्यवस्थापन समितिका सदस्य नाजमा हलुवाई, प्रशिक्षक सकिल राई,प्रशिक्षक साना राई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच दिनदेखि राप्तीसोनारीका दुई बालिका बेपत्ता

१० आश्विन २०७९, सोमबार १३:४८
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम बैरियाका १३ वर्षीया वन्दना विक र ११ वर्षीया निशा परियार गत पाँच दिनदेखि रहस्यमय तरिकाले सम्पर्कविहीन भएका छन् । विक र परियार सम्पर्कविहीन भएको तीन दिनपछि वन्दनाकी सानीआमाले इलाका प्रहरी कार्यालय, कुसुममा उजुरी दिएको र सोही आधारमा तत्कालै खोजी सुरु गरिएको प्रहरीले जनाएको छ […]