नेपालगञ्ज–गुलरिया सडक निर्माण ५७ प्रतिशत सम्पन्न

सदरलाइन संवाददाता २१ फाल्गुन २०८०, सोमबार १५:२८
 

नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ । ११.६० किलोमिटर चार लेन र १६.२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो सडक विस्तार २०८२ मंसिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गते निर्माण शुरु भएको थियो ।

एक वर्षमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सके निर्धारित समयभन्दा एक वर्षपहिले नै सम्पन्न हुने भएको छ । निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भए एक वर्षभित्र सम्पन्न गर्नेगरी काम गरेको बताए । निर्माण कम्पनीले यो वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए ।

नेपालगञ्ज–गुलरिया सडक विस्तार कार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेश गरेको ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहे निर्माणाधीन योजनामा प्रभाव पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्तव्य ज्यान आरोपमा फरार अभियुक्त पक्राउ

२१ फाल्गुन २०८०, सोमबार १५:२८
नेपालगञ्ज : बाँके प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत महिना आफ्नै छिमेकी एक व्यक्तिलाई कुटपिट गरी फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न रही फरार रहेका बाँकेको जानकी गाउँपालिका–१ का ३२ वर्षीय बाटुर भन्ने ईसरार खाँलाई पक्राउ गरेको […]