मृतक सम्झनाको परिवारलाई तीन लाख दिने घोषणा

९ आश्विन २०७५, मंगलवार १७:४१
 

सदरलाइनडटकम,
धनुषा : एसिड प्रहारबाट घाइते भई उपचारका क्रममा निधन भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया बालिका सम्झना दासको परिवारलाई प्रदेश सरकारले तीनलाई राहत दिने घोषणा गरेको छ ।
निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मृतककी बहिनी सुस्मीता दासको उपचार र राहतस्वरूप ‘बेटी बचाऊ बेटी पढाऊ’ योजनाअन्तर्गत उक्त रकम दिने घोषणा गरेका हुन् ।
एसिड प्रहारबाट गम्भीर दिदीबहिनीको उपचारका लागि यसअघिनै प्रदेश सरकारले एक लाख दिने निर्णय गरी सकेको बताउँदै उनले सम्झनाको जीवन रक्षा गर्न नसकिएको प्रति दुःखसमेत व्यक्त गरे । घाइते १५ वर्षीया बहिनी सुस्मिताको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको बचन दिए ।
मुख्यमन्त्री राउतले एसिड आक्रमणको छानबिन गरी दोषीमाथि कारबाही गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय तथा कानूनी रायसहित लिखित प्रतिवेदन १५ दिनभित्र पेश गर्न मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालाई निर्देशनसमेत दिएका छन् ।

Next Post

कोहलपुर उवासंघले मेलामा उठेको रकमबाट छात्रबृत्ति बितरण

९ आश्विन २०७५, मंगलवार १७:४१
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  कोहलपुर उद्योग बाणिज्य संघले कोहलपुरमा रहेका ६ वटा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार छात्र छात्रालाई छात्रवृत्ति बितरण गरेको छ। नेपाल रास्ट्रिय मावि खडगवार, ज्ञान्ज्योति मावि चप्परगौडि , नेरा आधारभुत विद्यालय चटार, शिबशक्ति प्रावि प्रेमनगरका १४ जनालार्इ छात्रवृत्ति बितरण गरिएको संघका अध्यक्ष चक्रबहादुर अधिकारिले बताए। उद्योग बाणिज्य […]