साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

२८ फाल्गुन २०७५, मंगलवार १७:५७
 

सदरलाइनडटकम,
मोरङ : साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयीशसुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा मंगवार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो । पहिलो हाफको १६ मिनेटमै नेपालले २ गोल गरेको थियो । खेलको पहिलो मिनेटमा गोलको अवसर पाएको नेपालका लागि सावित्रा भण्डारी चुक्न पुगिन् । त्यसपछि १३ औंँ मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि मञ्जली कुमारी योञ्जनले डिबक्स भित्रबाट गोल गर्न सफल भइन् ।
त्यसको तीन मिनेटपछि नेपालले अग्रता दोब्बर बनाउन सफल भएको थियो । यसपटक नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । उनले एकल प्रयासमा गोल गरेकी थिइन् । सावित्राको यो २३ औं अन्तर्रा्ष्ट्रिय गोल हो । त्यसपछि ३४ औं मिनेटमा सावित्रा भण्डारीले डिबक्समा पाएको मौकालाई सदुपयोग गर्न सकिनन् । पहिलो हाफको इन्जुरी समयमा अनिता बस्नेतले डिबक्समा पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न नसक्दा नेपालले तेस्रो गोल गर्ने उत्कृष्ट मौका खेर फाल्यो । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल मात्र थपेको थियो ।
नेपालले ५४ औं मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो । अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडबाट आएको बललाई निरु थापाले गोल गरिन् । त्यसपछि पनि लगातार नेपालले मुभ बनाए पनि गोल थप्न भने सकेन । भुटानले केही अवसर पाए पनि नेपाली खेलाडीले सहजै बल क्लियर गरेका थिए । मंगलबारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालसहित ६ टिमको सहभागिता रहेको छ । बुधबारको खेलमा मालदिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

Next Post

नेपालगञ्ज उप–महानगरले सार्वजनिक जमिन अतिक्रमण हटाउन सुरु गर्दै

२८ फाल्गुन २०७५, मंगलवार १७:५७
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिकाले २३ वटै वडामा रहेका सार्वजनिक जग्गा अतिक्रमण हटाउन सर्वदलिय, सर्वपक्षिय पहल गर्ने भएको छ । त्यसको लागि वडातहबाट कार्यान्वयन सुरु गरिने भएको छ । उप–महानगरमा रहेका सार्वजनिक जमिन विभिन्न समुह तथा व्यक्तिले अतिक्रमण गर्न थालेपछि संरक्षणको पहल गर्ने भएको हो । नेपालगन्ज उपमहानगरका मेयर डा. […]

सम्बन्धित