संविधान दिवसमा बाँकेका १७ कैदीबन्दीले पाए आममाफी

सदरलाइन संवाददाता ३ आश्विन २०७९, सोमबार १४:०७
 

नेपालगञ्ज : संबिधान दिवसका अवसरमा बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनेक्रममा बाँके कारागारका १७ जना कैदीबन्दी परेको जेलर रामप्रसाद सोनकरले बताए ।

आममाफी पाउने कैदबन्दीहरु कर्तव्य ज्यान मुद्दा, चोरी र बहुविवाहमा दोषी ठहर भइ कैद भुक्तानी गरिरहेका थिए । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिपरिषद्को भदौ ३१ को निर्णयअनुसार संबिधान दिवसको दिनदेखि लागू हुने गरी आममाफी दिएकी हुन् ।


राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीमापारीबाट हुँदै आएको तस्करी बाँकेमा रोकिएन

३ आश्विन २०७९, सोमबार १४:०७
नेपालगञ्ज : सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न प्रहरी प्रशासन कडा रूपमा प्रस्तुत भएपनि तस्करी रोकिएको छैन । नाकामा खटिएको प्रहरी र बाँके जिल्लाका विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरेर दैनिक सामान बरामद गर्दै आएको छ । प्रहरीको निगरानी बढ्दै गए पनि नेपालगञ्जको सीमा क्षेत्रबाट तस्करी रोकिएको छैन […]