बाँकेका पत्रकारलाई खोप लगाउने कार्यक्रम स्थगित

सदरलाइन संवाददाता २७ माघ २०७७, मंगलवार ०६:०५
 

नेपालगञ्ज : बाँकेमा कार्यरत पत्रकारहरुलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यक्रम स्थगित भएको छ । मंगलवार सञ्चारकर्मीहरुलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यक्रम तय भएको थियो ।

पत्रकारहरुलाई खोप लगाउने निर्णय भएको केही समयमै लुम्बिनी प्रदेश निर्देशनालयद्वारा हाललाई उक्त कार्य नगर्नु भनी निर्देशन आएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले जनाएका छन् । सोमवार जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले मंगलवार भेरी अस्पताल नेपालगञ्जको खोप केन्द्रमा पत्रकारहरुलाई खोप लगाउने निर्णय गरेको थियो ।


सोमवार बेलुका सामाजिक संजाल फेसबुकमार्फत ओलीले भोली तय गरिएको पत्रकारहरुको लागि खोप लगाउने कार्यक्रम हाललाई स्थगित भएको जनाएका हुन् ।

Next Post

राप्तीसोनारी ‘पूर्णखोप सुनिश्चितता गाउँपालिका’ घोषणा

२७ माघ २०७७, मंगलवार ०६:०५
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरिएकाले घोषणा गरिएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक […]