सीमापारीबाट हुँदै आएको तस्करी बाँकेमा रोकिएन

यदुराज मिश्र ३ आश्विन २०७९, सोमबार १४:१७
 

नेपालगञ्ज : सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न प्रहरी प्रशासन कडा रूपमा प्रस्तुत भएपनि तस्करी रोकिएको छैन । नाकामा खटिएको प्रहरी र बाँके जिल्लाका विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरेर दैनिक सामान बरामद गर्दै आएको छ ।

प्रहरीको निगरानी बढ्दै गए पनि नेपालगञ्जको सीमा क्षेत्रबाट तस्करी रोकिएको छैन । केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको छ । नाकामा प्रहरीको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहे पनि ठूलो परिमाणमा अवैध सामान नेपाल भित्रिने गरेको छ ।

प्रहरीले नेपालगञ्ज, कोहलपुर र हात्तीसारबाट अवैध सामान बरामद गर्दै आएको छ । जैसपुरका मोहम्मद रमजानले प्रहरीले तस्करी र अवैधरूपमा भित्रिएको धेरै सामान बरामद गरेपनि अधिकांश ठाउँमा तस्कर पक्राउ पर्न नसकेको जानकारी दिए ।


बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले तस्कर र भरियाले प्रहरी देख्ने बित्तिकै सामान छोडेर भाग्ने गरेको बताए ।

केही दिन पहिले ६० लाख बराबर भन्सार छलीको सामान बोकेको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । रत्न राजमार्गबाट सुर्खेत लैजान लागिएको अवस्थामा ट्रकलाई बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।

नाकामा दुवै प्रहरी फोर्सको उपस्थिति हुँदाहुँदै एकै पटक ठूलो परिणाममा अवैध सामान नेपाल आइरहेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ । यो विषयमा सुरक्षा निकायको नेतृत्वसँग गम्भीर छलफल चलिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा डायलासिस मेशिनको अभाव

३ आश्विन २०७९, सोमबार १४:१७
नेपालगञ्ज : पश्चिम नेपालमा सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालमा डायलासिस मेशिनको अभावले ६० जना मिर्गौलाका बिरामीले डायलासिस गर्ने पालो पर्खिरहेका छन् । अस्पतालमा रहेका ४ वटा मेसिन मध्ये एउटालाई आपातकालीन अवस्थाका लागि छुट्टाएर तीन वटा मात्रै नियमित सञ्चालनमा रहकोले मिर्गौलामा समस्या भएर डायलासिसका लागि ६० […]

सम्बन्धित