बाँकेका पाँच स्थानीय तहमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम शुरु

सदरलाइन संवाददाता २८ फाल्गुन २०७८, शनिबार १३:३०
 

नेपालगञ्ज : बाँकेका पाँच वटा स्थानीय तहमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम शुरु गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका आठ पालिकामध्ये अहिले पाँच पालिकामा सञ्चालन भइरहेको छ ।

कार्यक्रम शुरु भएका पालिकाहरूमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिका रहेका छन् ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार तथा स्तरवृद्धिका लागि शिक्षा क्षेत्रमा मात्र कार्यक्रम लागू गर्ने उद्देश्यले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सुरु गरिएको हो ।


मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका समन्वयकर्ता भीम रावतले विगत तीन आर्थिक वर्षको कार्यक्रमभन्दा नयाँ कार्यविधि बनाई संरचनागत रूपमै फरक कार्यक्रम यस वर्षबाट लागू गर्न लागेकाले कार्यक्रम सञ्चालनमा केही ढिला भएको बताए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि बाँकेमा उपमहानगरलाई ८० लाख, नगरपालिकालाई ७० लाख र गाउँपालिकालाई ६० लाख रुपैयाँका दरले वित्तीय सामान्यीकरण शीर्षकमा रकम विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी मुलुकको हितमा रहेको छ : मन्त्री कार्की

२८ फाल्गुन २०७८, शनिबार १३:३०
नेपालगञ्ज : सरकारका प्रबक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी मुलुकको हितमा रहेकाले सार्वभौम संसदले पारित गरेको बताएका छन् । नेपाल प्रेस युनियन बाँके शाखाले आइतवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासमा एमसीसीले योगदान पुर्याउने बताए । विद्युत र […]