दशैंको तेस्रो दिन बुधवार चन्द्रघण्टाको पूजा आराधना गरी मनाईंदै

सदरलाइन संवाददाता १२ आश्विन २०७९, बुधबार १३:२५
 

नेपालगञ्ज : बडा दशैंको तेस्रो दिन बुधवार भगवती चन्द्रघण्टाको पूजा आराधना गरी मनाईंदैछ । चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ।

नवरात्रको तेस्रो दिन महामायाको तेस्रो स्वरुप भगवती चन्द्रघण्टा देवीको संकल्पबद्ध भएर आराधना गर्ने गरिन्छ । अर्धचन्द्र भएकी माता चन्द्रघण्टाको स्मरणद्वारा सांसारिक सुखभोगको इच्छा पूर्ण भई जीवनबाट मुक्ति मिल्ने विश्वास छ ।


उपासकमा शान्तभावको पालना गरी निरन्तर पूजन, ध्यान र चिन्तन गर्नु आवश्यक छ । नवरात्रको यस दिनमा करुणामूर्ति देवीको आराधना गर्ने प्रचलन अत्यन्त सारगर्भित छ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान मणिपुर चक्रमा केन्द्रित हुन्छ ।

नवरात्रका ९ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्जमा एक जनाको ज्यान गयो

१२ आश्विन २०७९, बुधबार १३:२५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारियरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षीय सन्दिपकुमार साहु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय […]