सदरलाइनडटकम,
काठमाण्डौ : जापानी प्रहरीले शुक्रवार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तीव्र बनाएको छ । यो हीरा राजधानी टोकियोबाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो ।
टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए । योकोहामा सहरमा तीनदिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा कीरब ५० क्यारेटको थियो ।
त्यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए । दजापानको सरकारी टेलिभिजन ‘एनएचके’काअनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनीस्थलमा खैलाबैला भएको थियो ।
(एजेन्सी)
