शनिवार विश्वकर्माको पूजाआजा गरिँदै

सदरलाइन संवाददाता १ आश्विन २०७९, शनिबार १२:५७
 

नेपालगञ्ज : प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा शनिवार सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाईंदै छ ।

विश्वकर्मा पूजाका अवसरमा कलकारखानामा रंगीचंगी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिबन तथा विभिन्न ध्वजापताका लगाएर सिँगारेका छन् ।


शनिवार पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा तीन सय घर डुबानमा

१ आश्विन २०७९, शनिबार १२:५७
कञ्चनपुर : अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् । भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरका ३० […]