बढैयातालका अग्नी पीडितलाई जनप्रतिनिधिको साथ

सदरलाइन संवाददाता १ चैत्र २०८०, बिहीबार १५:१८
 

बर्दिया : बर्दियाको बढैयाताल गाँउपालिका वडा नं. २ मा आगलागी पीडित परिवारलाई जनप्रतिनिधि र समाजसेवीले सहयोग थालेका छन् ।

शिवरात्रीको दिन फुट्हा स्थित बटनीखल्लामा बिहान ८ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

रतन राना क्षेत्रीको फूसको घरमा भएको आगलागीबाट लाखौंको धन र वस्तु नष्ट भएको गाँउपालिका प्रमुख हिमालय त्रिपाठीले जानकारी गराए ।

उनले जानकारी गराउदै भने, ‘हामीले धेरै हारगुहार गर्यौ तर बचाउन केही गर्न सकिएन ।’ जस पश्चात अध्यक्ष त्रिपाठीको नेतृत्वमा तत्काल उक्त पीडित परिवारलाई खाद्यन्न, लत्ताकपडाको व्यवस्था गरिएको जानकारी गराए । उनले पीडित परिवारका लागि घर समेत बनाईदिने बताएका छन् ।

घर बनाउनका लागि संयुक्त श्रमदान गरेर निर्माण गर्न थालेको उनले जानकारी दिए । उनले भने, ‘यसमा सबैको सहभागिता र योगजान छ ।’


विशेषगरी बढैयाताल गाँउपालिका वडा नं. २ का वडाध्यक्ष डिलादेव गिरी, वडा नं. ६ का वडाध्यक्ष शुक्ला सापकोटा, समाजसेवी विनु पाण्डे, रतन जैसी लगायत त्यहाँका स्थानीयहरुको सहकार्यमा पीडितलाई सहयोगमा जुटेका पालिका अध्यक्ष त्रिपाठीले जानकारी गराए ।

उनले भने, ‘गाँउपालिका पीडितको पक्षमा छ भन्ने अनुभुति दिलाउनको लागि हामी सबै श्रमदानमा जुटेर घर निर्माण थालेका छौँ ।’

आगलागीबाट घर जलेपछि उक्त छ जनाको परिवार त्रिपालमुनी बसिरहेका पीडितले बताएका छन । पीडित परिवाका अनुसार घर बनाउनका लागि सिमेन्टका पिलर हालिएको छ ।

विदेश जानको लागि राखिएको २ लाख रुपैँया र कागजपत्र समेत जलेर नष्ट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रोत नखुलेको ६ लाखसहित बाँकेमा २ जना पक्राउ

१ चैत्र २०८०, बिहीबार १५:१८
नेपालगञ्ज : राप्तिसोनारी गाउँपालिका–८ शम्सेरगञ्जबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका–७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी शम्सेरगञ्जबाट खटिएको प्रहरीले भे ९ प […]