बाँकेमा ७ संक्रमित थपिए, ६ जना डिस्चार्ज

सदरलाइन संवाददाता २४ कार्तिक २०७८, बुधबार १६:०७
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७१ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा २, मेडिकल कलेज कोहलपुरमा ३४ नमुना परीक्षण गर्दा ४ र बागेश्वरी ल्यावमा ७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको छ ।


बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय २१ पुगेको छ ।

यस्तै बुधवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिम्न्याष्टिक टोलीलाई प्रमाण पत्र

२४ कार्तिक २०७८, बुधबार १६:०७
काठमाडौं  : पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई बुधबार सहभागिताको प्रमाण पत्र प्रदान गरियो । नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन संघले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए । […]

सम्बन्धित