‘बालविवाहबिरुद्ध बालबालिका नै विरोधमा उत्रनु पर्छ’

६ असार २०७३, सोमबार ०४:२४
 

बालविवाह रोकेको भन्दै प्रहरी र स्थानीय सम्मानित
samman 1

सपना विष्ट/सदरलाईन  : सामाजिक कु–संस्कारको रुपमा रहेको बालविवाह रोक्नको लागि बालबालिकाले नै विरोध गर्न सकेमात्र समाजबाट बालविवाहको प्रचलन हराउने सो क्षेत्रका अभियन्ताहरुको सुझाव छ ।
बाँकेको राप्तिपारी मटैहिया गाविसमा आयोजित स्थानीय महेन्द्र मावि मटेहियामा गृह मन्त्रालय र युएनडिपिको सशस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजना अन्तरगत बालविबाह र घरेलु हिंसा न्यूनिकरण विषयक अन्तरक्रियामा  सहभागि सामाजिक अभियन्ताहरुले सो सुझाव दिएका हुन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक भिमकिरण बोगटीले आफ्नो कार्यक्षेत्रमा हुँदै गरेका बालविबाह जस्ता कुरुतीलाई आपसी समझदारीमा नै विना कुनै विवाद रोक्न सफल भएको भन्दै कार्यक्रमका बीचमा इप्रका भोजभगवानपुरका ईन्चार्ज तथा प्रहरी निरीक्षक किरण पोख्रेल र स्थानीय रामजस यादवलाई दोसल्ला ओढाई सम्मान गरेका हुन ।
सो अवसरमा बोल्दै प्रहरी नायव उपरिक्षक बोगटीले प्रहरीले बालविवाह र घरेलु हिंसाको मुद्दालाई अतिनै संवेदनशिल भएर हेर्ने बताउदै सामाजिक कलंकको रुपमा रहेका चलन तथा संस्कारलाई निर्मूल पार्नको लागि प्रहरी नागरिकको सहकार्यबाट मात्रै संभव हुने कुरामा जोड दिए । उनले भने–‘बालविवाह र घरेलु हिंसा राज्यको लागि कलंक हो यसको रोकथाम र यस कार्यमा संलग्नलाई यो कानूनी रुपमा अपराध हो भन्ने गरी चेतना फैलाउन जरुरी छ ।’
सम्मानित भएपछि प्रहरी निरिक्षक पोख्रेलले भने–‘बेहुलीको घरमा नै जन्तीलिएर आएको अवस्थामा पनि प्रहरीले विना कुनै वलप्रयोग गरी दुवै पक्षलाई सम्झाई बुझाई बालविबाह हुन रोकियो ।’ बाँकेको बघौडा क्षेत्र भनेर चिनिने यो क्षेत्रमा मधेशी र मुस्लिम बाहुल्य समुदायको बसोबास रहेको छ । अर्का सम्मानित व्यक्ति यादवले आफ्नी १५ वर्षकि छोरीको विवाह रोकेका थिए । उनले छोरीको विवाह गर्न लागेको जानकारी पाउने वित्तिकै स्थानीय बाल र युवा क्लवका बालबालिकाले प्रहरीमा निवेदन दिएपछि स्थानीय प्रहरी र अगुवा बसेर विवाह रोकेका हुन ।
सानैमा १३ वर्षमुनी नै विवाह गर्ने प्रचलन रहेको कारण यहाँ बालविवाह हुने गरेको स्थानीय श्यामताप्रसाद यादवले जानकारी दिए । उनले १८ वर्षको उमेरमा विवाह गर्ने हो भने बरबधु नै पाउन गाह्रो भएको दावी समेत गर्दै समाजलाई एक्कैपटक भन्दा पनि विस्तारै परिवर्तन गराउन आवश्यक रहेको बताए । उनले भने–‘१८ वर्ष माथिको बर नै पाउन गाह्रो छ । पाईएमा पनि दाईजो अधिक माग्ने कारणले सानैमा विबाह गरेर पठाईदियो भने दाईजो
पनि धेरै दिन नपर्ने भएकोले मानिसहरु बाध्यभएर सानैमा विवाह गरिदिन्छन् ।’
सो अवसरमा महिला अधिकार मञ्च मटेहिया–२ कि सायरा वानोले बाल विवाहको कारण बहुविबाह र घरेलु हिंसाका घटनामा बृद्धि गराएको बताईन । उनले समुदायलाई सचेत गराउन आवश्यक रहेको बताईन । मधेशी मुस्लिम समुदायमा सानैमा विबाह गरी गौना, थौना गर्ने चलन छ । अर्थात एउटै विवाह कम्तिमा पनि तिनपटक गर्ने खर्च पनि बढ्ने र जोखिममा पनि पार्ने भएकोले यसको अन्त्य हुन आवश्य रहेको उनको भनाई छ ।
स्थानीय राजेन्द्र दिक्षितले बालविवाहको लागि बालबालिकाले नै विरोध गर्दै अभिभावकलाई नै मेरो शाररिक, मानशिक रुपमा विवाहको लगि उमेर पुगेको छैन । उमेर पुगेपछि विवाह गर्ने भनेर भन्न सक्नु पर्ने गरी विद्यालय तथा संघसंस्थाले बालबालिकालाई सचेत बनाउन सके सबै समस्या हल हुने दावी गरे ।
पछिल्लो एक महिनाको अवधिमा स्थानीयको सहयोगमा प्रहरीले मटेहिया गाविसमा सातवटा बालविवाह रोकेको थियो । कार्यक्रममा बोल्ने सहभागिहरुले बालविवाह र महिला हिंसा विरुद्ध सबै पक्षबीच समन्वय र सहकार्य हुन जरुरी रहेको वताए । उनीहरुले बढ्दो बालविवाह नियन्त्रणका लागि अभिभावकहरुलाई जागृत गराउन आवश्यक रहेको औल्याए ।
युएडिपिको सशस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजना बाँकेका प्रमुख सतिश पाण्डेले आफुहरुले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नको लागि विभिन्न खालका रणनीति तयार गरेर स–सानो कुरा जसले समाजलाई जोड्छ त्यस्ता कार्यहरु गर्दै समुन्नत समाज निर्माणको लागि हातेमालो गर्दै आएको बताए । उनले संस्कार र कुरुतीका रुपमा रहेको बालविवाह नियन्त्रणका लागि युवा तथा बाल क्लवमार्फत खेलेको भूमिकाको प्रंशसा समेत गर्दै भने–‘समाजमा सदियौदेखि चलि आएको संस्कार र कुरुतीका रुपमा रहेको बालविवाह नियन्त्रणका लागि युवा तथा बाल क्लवमार्फत खेलेको भूमिका सह्रनिय छ ।’
कार्यक्रममा महेन्द्र माध्यामिक विद्यालय मटैहयाका प्रधानाध्यापक पेस्कार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विव्यासका अध्यक्ष विनय दिक्षित, सञ्चारकर्मी राकेश मिश्र, मकबुल अहमद मुकेरी, लगायतले बालविवाह र महिला हिंसा न्युनिकरणका लागि हात्तेमालो गरि अघि बढ्नु पर्नेमा जोड दिए ।
sam1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको हिरमिनिया खुल्ला दिसामुक्त गाविस घोषणा

६ असार २०७३, सोमबार ०४:२४
सदरलाइनडटकम ८ असार, नेपालगन्ज:  बाँकेको हिरमिनियालाई एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवको निर्बाचन क्षेत्र समेत रहेको बाँके निर्वाचन क्षेत्र नम्बर २ को पहिलो तथा जिल्लाको २० औं गाविसका रुपमा हिरमिनियालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । गाविस सचिव एवं अध्यक्ष […]