कञ्चनपुरमा तीन सय घर डुबानमा

सदरलाइन संवाददाता १ आश्विन २०७९, शनिबार १३:००
 

कञ्चनपुर : अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् । भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेको जानकारी दिए । उनकाअनुसार मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका–४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका–५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् ।


दोदा नदीको बाढीले लालझाडी गाउँपालिका–३ मा १०० घर डुबानमा परेको प्रहरीको भनाइ छ । बाढीमा बस्ती पसेर घर डुबानमा परेपछि प्रभावितहरुलाई अहिले विद्यालय भवनमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका दुई वटा औषधि पसलमा चोरी

१ आश्विन २०७९, शनिबार १३:००
नेपालगञ्ज : नेपालगञ्जका दुई वटा औषधि पसलमा चोरी भएको छ । गणेशमान चौकस्थित गणेशमान चोक ड्रग स्टोर र सागर क्लिनिकमा चोरी भएको हो । शुक्रवार राती एक बजेतिर औषधि पसलको सटर फोडेर चोरले दुई पसलबाट करिव चार लाख रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तिले जानकारी दिए […]

सम्बन्धित