महंगो भाडा तिरेर प्लेनमा सररर

९ जेष्ठ २०७५, बुधबार १३:२४
 


सदरलाइनडटकम
९ जेठ, नेपालगन्ज :  नेपालको आन्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा महंंगो देखिएको
हो ।
रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८ अमेरीकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १.१८ अमेरीकन डलर बराबरको भाडा लिएको छ ।
विश्वमा सबैभन्दा कम पैसामा उडान गराउने बिमान कम्पनीहरुको सूचीमा भने अष्ट्रेलियाको टाइगर एयर अग्रस्थानमा देखिएको छ । टाइगर एयरले प्रतिकिलोमिटर ०.०६ अमेरिकन डलरमा उडान गराईरहेको छ । यसपछि सस्तोमा उडान गराउने बिमान कम्पनीहरुको दोस्रो सूचीमा रहेको मलेसियाको एयर एसिया एक्सले प्रतिकिलोमिटर ०.०७ मा उडान गराइरहेको छ । इन्डानेसियाको एअर एसियाले भने प्रतिकिलोमिटर ०.०८ अमेरीकन डलरमा सेवा दिइरहेको छ ।

Next Post

शैक्षिक सुधार अभियान

९ जेष्ठ २०७५, बुधबार १३:२४
सदरलाइनडटकम ९ जेठ, नेपालगन्ज :  जानकी गाउँपालिकामा शैक्षिक सुधारको लागि विशेष योजना बनाईने भएको छ । विद्यालयमा शिक्षक समयमै नआउने, नपढाउने, विद्यार्थी खोजी नगर्ने र समयमै छात्रवृत्ति वितरण नगर्ने जस्ता अभिभावकको गुनासो सम्वोधन गर्दै समग्र शैक्षिक सुधारको लागि गाउँपालिकाले अग्रसरता देखाएको छ । सबै विद्यालयमा नभए पनि कतिपय विद्यालयमा अभिभावकको […]