विषालु च्याउ खाँदा दाङमा एकै घरका पाँच जना बिरामी

सदरलाइन संवाददाता २७ भाद्र २०७९, सोमबार १३:५६
 

दाङ : दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् ।

गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी रहेका प्रहरीले जनाएको छ ।


च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।

उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिरबाट खसेर घाईते युवकको मृत्यु

२७ भाद्र २०७९, सोमबार १३:५६
दाङ : दाङमा लडेर घाईते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ हात्तिखौवा निवासी २६ वर्षीय शुनिल नेपाली रहेको छन् । मृतक नेपाली गएको भदौ २४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा ओरालोबाट लडेर गम्भीर घाइते भएका थिए । उनी मापसे गरेको […]