पूर्व सभामुख महरालाई पत्नी वियोग

सदरलाइन संवाददाता १९ कार्तिक २०७७, बुधबार १०:२५
 


काठमाण्डौं : पूर्व सभामुख कृष्णबहादुर महराको धर्मपत्नीको निधन भएको छ । बुधबार (आज) विहान साढे ६ बजेतिर पूर्व सभामुख महराकी पत्नी  सीता महराको निधन भएको हो ।

निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि सीतालाई गत शुक्रबार हेलिकप्टर चार्टर गरि काठमाडौं लगिएको थियो । काठमाडौंस्थित नर्भिक हस्पीटलमा उपचारकै क्रममा सिताको निधन भएको हो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ समेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


सीता विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । ५९ वर्षिय सीताको निधनमा नेकपामा आवद्ध नेता कार्यकर्ताहरुले दुख ब्यक्त गरेका छन । फोटो : समाजिक सञ्जालबाट

 

Next Post

बिग्रुपद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

१९ कार्तिक २०७७, बुधबार १०:२५
नेपालगञ्ज : भेरी वातावरण बिशिष्टता समुह (बिग्रुप)ले जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँके र भेरी अस्पताल नेपालगञ्जलाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । बि–ग्रुपका निर्देशक डम्बर सुनारको नेतृत्वमा गएको एक टोलीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई हस्तान्त्रण गरिएको हो । बि–ग्रुपले केयर नेपालसंगको साझेदारीमा बाँकेमा एलडिएससी÷कोभिड–१९ पूर्वतयारी र प्रतिकार्य […]

सम्बन्धित