भिरबाट खसेर घाईते युवकको मृत्यु

सदरलाइन संवाददाता २७ भाद्र २०७९, सोमबार १४:०१
 

दाङ : दाङमा लडेर घाईते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ हात्तिखौवा निवासी २६ वर्षीय शुनिल नेपाली रहेको छन् ।

मृतक नेपाली गएको भदौ २४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा ओरालोबाट लडेर गम्भीर घाइते भएका थिए ।


उनी मापसे गरेको कारण त्यहाँबाट लडेको प्रहरीको भनाई छ । घाइते नेपालीलाई प्रहरीले उद्धार गरेर उपचारको लागि राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर रेफर गरिएको थियो ।

उपचारको क्रममा सोमबार बिहान साढे ८ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हार्डवेयर व्यबसायीद्वारा भाद्र २९ गते बक्तृत्वकला गरिने

२७ भाद्र २०७९, सोमबार १४:०१
कोहलपुर (बाँके) : कोहलपुर हार्डवेयर व्यबसायि संघ परिवारले बाल दिवसका अबसरमा नगर स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ‘समृद्धि र विकासमा हाम्रो सहभागिता व्यवसायी एकता हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको शिर्षक ‘कोहलपुर नगरको बृहत्तर विकासमा व्यवसायीहरुको भुमिका’ रहेको आयोजकले जनाएको छ । नगरस्तरीय उक्त बक्तृत्वकला […]