उच्च शिक्षाका लागि ‘तीज महोत्सव’

२० भाद्र २०७५, बुधबार १६:५९
 

सदरलाइनडटकम,
नेपालगन्ज : बादी समुदायका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्न नेपालगन्जमा ‘बृहद सांस्कृतिक विशेष तीज महोत्सव’ आयोजना गरिने भएको छ । छात्रबृत्ती रकम संकलन गर्न तीजको अवसर पारेर तीज महोत्सव गर्न लागिएको हो ।
सेफ नेपालले बुधवार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा तीज महोत्सवबाट संकलन भएको रकमको ५० प्रतिशत बादी समुदायका बालबालिकाको उच्च शिक्षाका लागि छुट्याइने बताइएको छ । प्लस टुदेखि एमएसम्म अध्ययनका लागि छात्रबृत्ती प्रदान गर्न रकम संकलन अभियान थालिएको हो ।
सेफ नेपालका अध्यक्ष सुकलाल नेपालीले भदौँ २५ देखि ३० गतेसम्म नेपालगन्जमा महोत्सव आयोजना हुने बताए । उनले एसईई उत्तीर्ण गरेका बादी समुदायका बालबालिकालाई नेपालगन्ज ल्याएर एमएसम्म पढ्ने ब्यवस्था मिलाउनुका साथै उनीहरुलाई लोकसेवा आयोगको तयारी कक्षा, सामाजिक परिचालक तालिमलगायत जीवन उपयोगी सीप प्रदान गरिने जानकारी दिए ।
एक बर्षमा एक करोड रकम संकलन गर्ने लक्ष्य लिएको बताउँदै नेपालीले संकलित रकमबाट आगामी बर्षदेखि बादी समुदायका बालबालिकालाई छात्रबृत्ती प्रदान गरिने बताए ।
उनले संकलित रकमबाट अक्षय कोष खडा गरि त्यसबाट आएको ब्याज शिक्षामा खर्च गरिने स्पष्ट पारे । उनले राज्यसम्म बादी समुदायको पहुँच हुन नसक्दा उच्च शिक्षा अध्ययनका लागि राज्यले दिने सेवा, सुविधाबाट समेत बादी समुदायका बालबालिका बन्चित भएको गुनासो गरे ।

Next Post

समुद्री आँधीमा परी जापानमा ६ जनाको मृत्यु

२० भाद्र २०७५, बुधबार १६:५९
सदरलाइनडटकम, काठमाण्डौ : जापानमा शक्तिशाली समुद्री आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने १ सय ६० भन्दा बढी घाइते भएका छन् । जापानको दक्षिण क्षेत्रमा समुद्री आँधी आएको हो । जेबी नामको उक्त आँधी १ सय ७२ किलोमिटर प्रतिघण्टाको रफतारमा आएको त्यहाँका अधिकारीहरुले बताएका छन् । आँधीसँगै भीषण वर्षा भएकोले […]