बाँकेमा बिहीवार थपिए २४ कोरोना संक्रमित

४ भाद्र २०७७, बिहीबार १७:११
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट जिल्लाका बिभिन्न पालिकाका गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार बिहीवार नेपालगञ्ज उपमहानगरपालिकामा १ जना, कोहलपुर नगरपालिकामा १७ र जानकी गाउँपालिकामा ६ जना संक्रमित थपिएका छन् ।


बाँकेमा अब कोरोना संक्रमितको संख्या ७ सय ८७ पुगेको छ । जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ ।

Next Post

कोरोना संक्रमणबाट थप एकको मृत्यु

४ भाद्र २०७७, बिहीबार १७:११
चितवन : चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिकाका ६५ वर्षीय पुरुषको भरतपुर अस्पतालको आइसियुमा उपचारका क्रममा बिहीवार मृत्यु भएको अस्पतालले जनाएको छ । ज्यान गुमाउने पुरुष ६ दिनदेखि आइसियुमा उपचाररत थिए । उनी दीर्घ रोगीसमेत रहेको भरतपुर अस्पतालले जनाएको छ । चितवनमा अहिलेसम्म कोरोना […]