युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई सहयोग

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १४:३१
 

नेपालगञ्ज : कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ ।

क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ ।

क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो सहयोग वितरण समारोहको प्रमुख अतिथि क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी रहेका थिए ।

कतार च्यारिटिको सहयोगमा विभिन्न स्थानीय विद्यालय र मदरसाहरूमा अध्ययनरत १२१ अनाथ बालबालिकालाई शिक्षाका लागि छात्रबृत्ति वितरण गरिनुका साथै ८ जना शारीरिक अपाङ्गता भएकालाई दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहयोग र ५ जना छात्रालाई स्नातक तहसम्मको शिक्षा प्राप्त गर्न सहयोग प्रदान गरिएको क्लबका प्रमुख संरक्षक सिद्दिकीले बताए ।


यस्तै ४ अति गरिब परिवारलाई खाद्यान्न र अन्य आधारभूत आवश्यकताहरू पुरा गर्न सहयोग गरिएको तथा अनाथ बालबालिकाका अभिभावकहरूलाई उनीहरूको शिक्षामा सुधार गर्नका लागि कन्भिन्स गर्न ५ जना सामाजिक परिचालक नियुक्त गरिएको उनले बताए ।

कार्यक्रममा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्त तथा प्रशासन प्रमुख वेद पंगालीले बालबालिकालाई सो सहयोग प्रदान गरेका थिए ।

सो अवसरमा कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरभाइजर बिसेह गुप्ताको पनि उपस्थिति रहेको थियो । कतार च्यारिटी नेपालले विपन्न र असहायका लागि बाँकेमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिममा गौरा पर्वको रौनक

१६ भाद्र २०७९, बिहीबार १४:३१
नेपालगञ्ज : सुदूरपश्चिमको मौलिक पर्व गौरा बिहीवारदेखि विधिवत रूपमा शुरू भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि शुरू हुने पर्व बिहीवार पहिलो दिन घरघरमा बिरुडा राखी मनाइँदैछ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । बिहीवार व्रतालु महिलाले घरमा ‘बिरुडा’ ९५ प्रकारका अन्न तथा गेडागुडी० भिजाएर गौराको शुरूआत गरिन्छ । तामाको […]