नेपालगञ्ज २२ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै

सदरलाइन संवाददाता ७ पुष २०७९, बिहीबार १७:१७
 

नेपालगञ्ज : नेपालगञ्जको खलवा पुरैनी स्वास्थ्य संस्थाबाट प्रदान हुने किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य संस्थाले छुट्टै कोठाको व्यवस्थापन गरेर शुरु गरेको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लिन पुग्नेको संख्या बढेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ खलवा पुरैनीमा रहेको स्वास्थ्य संस्थाले स्थानीय स्वास्थ्य अवस्थालाई मुल्यांकन गरेर छुट्टै कोठाको व्यवस्थापन गरेर यस खालको सेवा दिन शुरु गरेको स्वास्थ्य संस्थाका प्रमुख सरोज मिश्राले जानकारी दिए । यसका लागि एस डिएफले सहयोग गरेको उनले बताए ।


स्वास्थ्य संस्थाको तथ्यांक अनुसार यसै आर्थिक वर्षको साउनदेखि १७५ जना किशोरकिशोरीले सेवा लिएका छन् । जसमा ७ जना विवाहित, ८३ जना अविवाहित किशोरी, ३ जना विवाहित र ८२ जना विवाहित किशोरले स्वास्थ्य सेवा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरलाई शैक्षिक हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता

७ पुष २०७९, बिहीबार १७:१७
नरैनापुर (बाँके) : ग्रामिण बिकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेसले नरैनापुरको आर्दश माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई बिहिबार झोला तथा शैक्षिक सामग्री बितरण गरेको छ । मधेशी, दलित र मुस्लिम समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि बेसले शैक्षिक सामग्री बितरण गरेको जनाएको छ । आर्दश माध्यमिक बिद्यालय नरैनापुरमा भएको शैक्षिक सामाग्री बितरण […]