नरेन्द्र सिंह/सदरलाइन
२० पुस, नेपालगन्ज : रनियापुर गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि सरोकारवाला निकायबाट अनुगमन गरिएको छ ।
जिविस प्रतिनिधि, खानेपानी डीभिजन कार्यालयका प्रतिनिधि, यूनेस्को क्लब प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतको टोलीले बुधबार घरदैलो कार्यक्रम गरी अनुगमन गरेका थिए ।
रनियापुर गाविसमा सोह्र जनाको घरमा पूर्णरुपमा शौचालय नभएको पाईएको जस मध्ये केहीको आर्थिक अवस्था दयनिय रहेकोले बनाउन नसकेको थियो भने अरु सबै निर्माणाधीन अवस्था रहेको भेटिएको जिविस बाँकेका सुचना अधिकृत शरद पौडेलले जानकारी दिए ।
जिविसका प्रतिनिधि पौडेलले ओडिएफ अभियन्ताहरुलाई अझै जोडतोडका साथ कार्य क्षेत्रमा खटिन आग्रह गर्दै घरमा चर्पी बनेको छैन वा निर्माणाधीन अवस्थमा छ उसको घरमा पटकपटक गई घचघच्याउन पर्ने देखिएको बताए ।