पवन महरा मृत्यु प्रकरण : भारतीय पक्षले माग्यो माफी

सदरलाइन संवाददाता १३ कार्तिक २०७९, आईतवार १५:०८
 

नेपालगञ्ज : महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।


धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् ।
उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।

यसैबीच अबदेखि जिलेटिन विष्फोट गराउँदा पूर्व जानकारी गराउने दुबै पक्षबीच सहमति पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद विकास कोषको बजेट खारेज हुनुपर्छ : काफ्ले

१३ कार्तिक २०७९, आईतवार १५:०८
कोहलपुर (बाँके) : राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितिका अध्यक्ष एबं बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्दबाबु काफ्लेले सांसद विकास कोषको बजेट खारेज गरिनुपर्ने धारणा ब्यक्त गरेका छन् । स्थानिय सरकार हुँदाहुँदै आफना आसेपासे पोस्ने र निश्चित निर्बाचन केन्द्रित बजेट खर्च गरेर जनता आफनो पक्षमा पार्ने […]