सुदूरपश्चिममा गौरा पर्वको रौनक

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १४:३९
 

नेपालगञ्ज : सुदूरपश्चिमको मौलिक पर्व गौरा बिहीवारदेखि विधिवत रूपमा शुरू भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि शुरू हुने पर्व बिहीवार पहिलो दिन घरघरमा बिरुडा राखी मनाइँदैछ ।

आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । बिहीवार व्रतालु महिलाले घरमा ‘बिरुडा’ ९५ प्रकारका अन्न तथा गेडागुडी० भिजाएर गौराको शुरूआत गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ ।

गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा शुरू हुने यसका जानकार गोमती भट्टले बताइन् ।

‘१ महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौं, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ,’ उनले भनिन्, ‘बिरुडा भिजाउँदा माङ्गलकी सगुन फाँग गाउँछौं ।’ बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ ।


फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव डोटेली भाषामा मयासरलाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए ।

‘मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष शुरू गर्नुभन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौं बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ,’ उनले भने, ‘यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।’यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ ।

सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ ९धानजस्तै देखिने घाँस० बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्र्याइने व्रतालु सरस्वती अवस्थी बताउँछिन् । ‘गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुबधागो लगाउने गर्छौं,’ उनले भने, ‘गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा विद्युतीय माइक्रोबस सञ्चालन

१६ भाद्र २०७९, बिहीबार १४:३९
नेपालगञ्ज : बाँकेको रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय माइक्रोबस सञ्चालन गरिएको छ । बागेश्वरी यातायात कोहलपुरले ११ सिटे क्षमताका ४ वटा माइक्रोबस सुर्खेतको वीरेन्द्रनगरसम्म तथा एक–एक वटा गाडी बर्दियाको ठाकुरद्वारा र धनगढीसम्म सञ्चालन गरेको हो । कोहलपुरका विष्णु खनाल, विकास बुढाथोकी, पदम भट्टराई र रविप्रसाद कर्माचार्यले बीबी इन्टरप्राइजेज […]